सिरहामा थप ३२ जनाले जिते कोरोना

  • असार १४, २०७७ | ४९९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिराहामा कोरोना भाइरस जितेर निको भई ३२ जना घर फर्किएका छन् । जिल्ला अस्पताल सिराहा र महेन्द्र गेनाई मेटरनिटी अस्पतालको आइसोलेसनमा उपचाररत ३२ जना डिस्चार्ज भएका हुन् । 

जिल्ला अस्पतालको आइसोलेसनमा सिराहा नगरपालिकाका सात, कल्याणपुर नगरपालिकाका पाँच, नरहा गाउँपालिकाका पाँच र झापाको बिर्तामोडका एकजना गरी १८ जनालाई शनिबार साँझ डिस्चार्ज गरिएको हो । 

त्यसैगरी महेन्द्र गेनाई मेटरनिटी अस्पतालबाट सिराहा नगरपालिका क्षेत्रका नौ, बरियारपट्टी गाउँपालिकाका एक, सुखिपुर नगरपालिकाका एक, गोलबजार नगरापलिकाका एक, विष्णुपुर गाउँपालिकाका एक र कर्जन्हा नगरपालिका एकजनालाई डिस्चार्ज गरिएको छ । 

दोस्रोपटकको पिसिआर जाँचको रिपोर्ट शनिबार निगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको आइसोलेसन इन्चार्ज सरबिन्द मण्डलले बताए ।

कोरोना जितेर घर फर्किनेहरू सबै भारतको विभिन्न सहरबाट घर फर्किएकाहरू रहेको र उनीहरूलाई सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस र नगरपालिकाहरूले स्थापना गरेको क्वारेनटाइनमा राखिएको थियो ।

जिल्ला अस्पतालको आइसोलेसनमा एकजना, चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा ७६ जना र महेन्द्र गेनाई मेटरनिटी अस्पतालमा २८ जना गरी एक सय पाँचजना कोरोना संक्रमित अझै उपचाररत रहेका छन् ।

यसैसँगे सिरहामा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या ८० पुगेका छन ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब