सिरहामा ८१ वर्षीया वृद्धाले कोरोना जिते

  • असार २०, २०७७ | ४८५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा बसेकी सिरहा नगरपालिका– १९ सन्हैठाकी ८१ वर्षीया कागतीदेवी मण्डलसहित ६३ जना कोरोना जितेर घर फर्किएका छन् ।

मण्डल घरका सदस्य कोरोना संक्रमित भएपछि सिरहा क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । दुई साता क्वारेन्टाइन बसाइको क्रममा गरिएको परीक्षणमा उनमा पनि कोरोना संक्रमण देखिएपछि चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा राखिएको थियो ।

करिब २० दिनमा दुईपटक स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपोर्ट निगेटिभ आएपछि मण्डललाई डिस्चार्ज गरिएको छ । उनीसँगै सिरहाको चन्द्र माध्यमिक विद्यालय ४९ जना र महेन्द्र गेनाई मेटरनिटी अस्पतालको आइसोलेसनबाट १४ जना गरी कुल ६३ जना  डिस्चार्ज भएको डा। सुभाष मण्डलले जानकारी दिइएको छ । डिस्चार्ज हुनेहरू लहान नगरपालिकाका तीन, धनगढीमाई नगरपालिकाका दुई, कर्जन्हा नगरपालिकाका एक र सिरहा नगरपालिका क्षेत्रका ५७ जना रहेका छन् ।

महेन्द्र गेनाईमा २५ र चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा २४ जना गरी ४९ जना कोरोना संक्रमित अझै रहेको डा। मण्डलले बताए ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब