सिरहा नगरपालिकाको एकै ठाउँमा महिना दिन भित्र तिन पसलमा लगतार चोरी

  • असार २४, २०७७ | ४०५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा विगत केही दिन देखि चोरीको घटना वृद्धि भएको छ । सिरहा नगरपालिकाको एकै ठाउँमा महिना दिन भित्रमा तिनवटा पसलमा चोरी भएको छ । 

मंगलवार राती सिरहा नगरपालिका वडा नं. ११ स्थित दयाल मोटर पार्टसको पसलमा सट्र फोडी अन्दाजी २ लाख ५० हजार बरावरको मोटर पार्टसहरु चोरी भएको पसल धनी मुखलाल दासले बताउनु भयो ।

 यस्तै केही दिन अगाडी पनि सिरहा नगरपालिका वडा नंं. ११ कै दुई वटा मोवाईल मर्मत पसलमा सट्र फोडी करीब १० लाख भन्दा बढी मोल बरावरका सामानाहरु चोरी भएको पसल धनिहरुले बताएका छन्।

लकडाउन जती जती खुकुलो बन्दै जाँदा सिरहा नगरपालिका लगायतका स्थानहरुमा चोरी लगायतको अपराधको घटनामा वृद्धि भएकोछ । चोरीको घटना वृद्धिसँगै व्यपारीहरु त्रसित भएका छन् ।

यता सिरहा नगरपालिकामा लकडाउन वेला देखि लागू औषध सेवनकर्ताहरुको विगविगी वढदै गएकोछ । दुर्वेसनी नियन्त्रण तथा चोरी लगायत अपराध नियन्त्रण गर्ने सिरहा लगायतका स्थानमा प्रहरी गस्ती वढाएपनि घटनामा कमी आएको छैन् ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब