बाढी पहिरोको कहर : देशैभर एकैदिन २३ जनाको ज्यान गयो, ३६ बेपत्ता, २६ घाइते

  • असार २६, २०७७ | ३९७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । देशभर वर्षासंगै आएको बाढी पहिरोले एकैदिन शुक्रबार मात्र २३ जनाको ज्यान गएको छ । अन्य ३६ जना बेपत्ता भएका छन् भने २६ जना घाइते भएको गृह मन्त्रालयले जानाएको छ । गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा गरी ज्यान गुमाएका छन् ।

कास्कीमा ७ जनाको ज्यान गएको छ १७ जना घाइते भएका छन् । म्याग्दीमा ३ जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ता छन् । लमजुङमा ३ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
जाजरकोटमा पहिरोका कारण ७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएको भएका छन् । यस्तै त्यहाँ ५ जना बेपत्ता छन् । गुल्मीमा एक जनाको ज्यान गएको छ ।

यसअघि बिहीबार सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी २ जनाको ज्यान गएको थियो । २१ जना बेपत्ता छन् । त्यहाँ ७ जना घाइते भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहीबार र शुक्रबार गरी दुईदिनमै देशभर बाढी पहिरोबाट २५ जनाको मृत्यु भएको छ भने ५७ जना अझै बेपत्ता भएका छन् ।


आइतबारसम्म निरन्तर वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब