सप्तरीको गोबरगाढा ‘टापु’मा कोसीको बाढी पस्दा ५ सय घरपरिवार डुबानमा

  • असार २८, २०७७ | २७९ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । अविरल वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोसीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढा गाउँ डुबानमा परेको छ । चारैतिरबाट कोसी नदीले घेरिएकोले टापु भनेर चिनिने गाउँ बाढी पसेपछि जलमग्न भएको हो ।

अविरल वर्षका कारणले वडाअध्यक्ष सहित झन्डै ५ सय जना डुबानमा परेकाे हनुमाननगर कंकालिनी नगरपालिका गोबरगाढाका वडाअध्यक्ष बिन्देश्वरि यादवले जानकारी दिनुभयाे ।

उहाँका अनुसार गाेबरगाढाका करिब एक सयभन्दा बढी घरघरधुरीका झण्डै ५ सय जना रहेका पानिमा फसेका छन् । चारैतिरबाट कोसी नदीको बाढीले घेरिएपछि सर्वसाधारण संकटमा परेको वडाध्यक्ष यादवले बताउनुभयो ।

तीन दिनदेखि लगातार भइरहेकाे वर्षाका कारणले घरघरमा २/३ फिटसम्म पानी पसेको र बस्तीको चारैतिर कोसी नदीको बाढीले घेरिएका कारण निस्कन सक्ने अवस्था नरहेको वडाध्यक्ष यादवको भनाइ छ । बस्तीका सर्वसाधारणलाई ओहोरदोहोर गर्न यसअघि नै डुंगाको व्यवस्था गरिए पनि स्थानीयहरु टापुबाट बाहिरिएका थिएनन् । शुक्रबार रातिदेखि घर–घरमा पानी पसेपछि गोबरगाढाको जनजीवन निकै नै प्रभावित भएको वडाध्यक्ष यादवले जानकारी दिनुभयाे ।

यता नगरपालिकाका मेयर शैलेशकुमार साहले गोबरगाढा टापुमा फसेकाहरुलाई त्यहावाट निकाल्ने तयारी तथा उनिहरुलाइ खाना तथा राहतकाे व्यवस्था भइरहेको बताउनुभयाे ।

यता उक्त सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि अधिकारीले गोबरगाढाका स्थानीयबासिहरुलाई निकालेर विघालयमा राखि त्यहि खानपिनकाे तत्काल व्यवस्था मिलाइरहेको बताउनुभयाे । पानिका कारणले बाढीमा फसेका सर्वसाधारणहरुका लागि काेराेना भाइरसकाे बेला प्रदेश सरकारले उपलब्ध गराएकाे राहतले बाढीमा फसेकाहरुलाई गाेबरगाढामा रहेका विद्यालयमा खानाकाे व्यवस्था गरिएको वडाअध्यक्ष यादवले जानकारी दिनुभयाे ।

लगातारकाे वर्षापछि पानी बढेपछि सर्वसाधारणलाई उदार गरि गाउँकै विघालयमा खान र बस्ने व्यवस्था मिलाएकाे वडाअध्यक्षले बताउनुभयाे । अहिले साे बाढिमा वडाअध्यक्ष सहित झण्डै ५ सय जना बाढिमा फसेका छन । यस्तै लगातारकाे वर्षाले बाढी आउँदा झण्डै डेढ सय गाई,भेसि तथा पशु चाेपाया समेत पानिमा भासिएकाे वडाध्यक्ष यादवले टुडेपाटीलाई बताउनुभयो ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब