राष्ट्रपति भण्डारीलाई पाकिस्तानी आँप उपहार

  • असार २९, २०७७ | २१९ पटक पढिएको | सीमा संदेश
alt

करांची । पाकिस्तानी राष्ट्रपति डा.अरिफ अल्भीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई आँप उपहार पठाउने घोषणा गरेका छन ।

पाकिस्तानी राष्ट्रपति अल्भीले ‘व्यापार कुटनीति’अन्तर्गत नेपालसहित १७ देशका राष्ट्र प्रमुखहरूलाई पाकिस्तानमा उत्पादित उच्च गुणस्तरको आँप पठाउन लागेको स्थानीय संचार माध्यमले जनाएका छन ।

आँप पठाउन लागिएका देशमा नेपाल, कुवेत, साउदी अरब, कतार ओमन, मलेसिया, मोरक्को, सिंगापुर, स्पेन, बेलायत, इटालीसहितका केही देश रहेको सो सञ्चारमाध्यमले जनाएको छ ।

त्यहाँको संघीय उड्ययन विभागले नागरिक उड्डयन मन्त्रालयलाई लेखेको पत्रमा ती १७ देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई आँप उपहार पठाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

टर्किस, कतारी र इमिरेट्स एयरलाइन्सका साथै पाकिस्तानको राष्ट्रिय वायुसेवा (पीआईए) को उडानमाफर्फत ४ हजार ८ सय १० किलो आँप ती १७ देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई पठाइने भएको हो ।

पाकिस्तान विश्वकै छैठौं ठूलो आँप उत्पादक र पाँचौं ठूलो आँप निर्यातक मुलुक भएको दाबी गर्दै त्यहाँका बागबानी निर्यातमा सघाउ पुर्‍याउने उद्देश्यले आँप उपहार दिन लागिएको बताइएको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब