प्रधानमन्त्रीले अयोध्याबारे बोलेपछि परराष्ट्र मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति

  • असार ३०, २०७७ | ३७७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामको जन्मभूमी नेपालमा पर्छ भनेर अभिव्यक्ति दिएसँगै विभिन्न सञ्चारमाध्यममा यसले विशेष स्थान पायो । भारतका सञ्चारमाध्यमहरुले पनि यसलाई विशेष रुपमा प्रकाशित गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गरे । त्यसपछि नेपालको परराष्ट्र मन्त्रालयले यसबारे आधिकारिक धारणा बाहिर ल्याएको छ । परराष्ट्रको विज्ञप्तिमा कोही–कसैमाथि चोट पु¥याउने नियतले प्रधानमन्त्रीको अभिव्यक्ति सार्वजनिक नभएको उल्लेख छ । 

यस्तो छ विज्ञप्ति 
प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्म जयन्ती समारोहका दौरान दिएको अभिव्यक्तीको धेरै तरिकाले व्याख्या भएकोप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा यी विषयमा परराष्ट्र मन्त्रालय स्पष्ट पार्न चाहन्छ–

१ प्रधानमन्त्रीले दिएको अभिव्यक्ती कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कोही कसैको भावना र संवेदनामा चोट पु¥याउने नियत होइन । 

२ श्री राम र उनीसँग जोडिएका स्थानहरुका विषयमा विभिन्न किंवदन्ती र उदाहरण रहिआएकोमा प्रधानमन्त्रीले श्री रामबारे तथ्य हासिल गर्नका लागि रामायणले प्रतिनिधित्व गर्ने बृहद सांस्कृतिक भूगोल, रामायण र समृद्ध सभ्यतासँग जोडिएका विभिन्न स्थानबारे थप अध्ययन र अनुसन्धानको महत्वबारे प्रकाश पार्न खोज्नुभएको थियो । 

३ अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मूल्य कम गर्न लागि यस्तो अभिव्यक्ती आएको थिएन । 

ध्यान दिन जरुरी छ कि नेपालमा हरेक वर्ष विवाह पञ्चमी मनाउने परम्परा छ,  जहाँ भारतको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउँछन् । मेइ २०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किट शुभारम्भ गरेका छन्, जसअन्तर्गत जनकपुर–अयोध्या यात्रुवहाक बस सेवा महत्वपूर्ण पक्ष हो । यी तथ्यहरुले हाम्रा दुई देश र जनताबीचको प्रगाढता दर्शाउँछ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब