राजविराजमा निषेधाज्ञा जारी

  • साउन ७, २०७७ | ४०६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा  । सप्तरीमा समुदायस्तरमा कोरोना फैलिएपछि राजविराज नगरपालिकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

भारतबाट उपचार गराएर फर्किएका वृद्धको साउन १ गते कोभिड-१९का कारण मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङको क्रममा मृतकको सम्पर्कमा आएका परिवारका सदस्य तथा स्थानीयमा पनि संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

समुदाय स्तरमै कोरोना फैलिएपछि अनिश्चितकालको लागि बिहिबार विहान ५ बजेदेखि लागु हुने गरि निषेधाज्ञा जारी गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।

बुधबार प्रमुख जिल्ला अधिकारी आचार्यको संयोजकत्वमा बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । आवश्यकता अनुसार राजविराजमा निषेधाज्ञा जारी राख्ने उनले बताए ।

यस भन्दा पहिले मंगलबार मात्र राजविराज नगरपालिकाले नगरभित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको थियो । जिल्लाको तथ्यांक अनुसार सप्तरीमा अहिले सम्म ४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

अतिआवश्यक सेवाहरु बाहेक अन्य सबै कुरामा रोक लगाइएको आचार्यले बताए। राजविराजमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाको उल्लघंन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने समेत जनाइएको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब