अर्कै केटा मन पराएकाले युवतीमाथि एसिड प्रहार गरेको युवकको बयान

  • साउन ९, २०७७ | २६३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । काठमाडौँमा युवतीमाथि एसिड प्रहार गर्ने दुइजना पक्राउ परेका छन् ।

सीतापाइलामा २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने रौटहट लक्ष्मीपुर घर भई काठमाडौंको डल्लुमा बस्दै आएका मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई सीसीटीभी फुटेजको आधारमा पहिचान गरी पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पवित्रामाथि एसिड फाल्ने मुन्ना मोहम्मदले आफूलाई एसिडको बोतल दिएर आलमले हान्न लगाएको बयान दिएका छन् ।

‘मलाई साउजी (आलम) ले भरिएको रक्सीको बोतल दिए र त्यसलाई हान् भने । मैले केटीतिर फ्याँके’, देब्रे हात देखाउँदै मुन्नाले भने, ‘फ्याँकेपछि थाहा भयो, यो त एसिड पो रहेछ, मेरो हात पनि अलिकति डढेको छ ।’

भारतीय नागरिक मुन्ना, आलमका कामदार हुन् ।

अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार पवित्राले अर्कै केटा मन पराएको भन्दै आलमले एसिड प्रहार गर्न लगाएको बयान दिएका छन् ।

बिहीबार साँझ नागर्जुन नगरपालिका–४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रामाथि एसिड प्रहार भएको थियो ।

बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो ।

भारत भाग्ने योजना

एसिड प्रहार भएको घटना सार्वजनिक भएलगत्तै प्रहरीले काठमाडौं उपत्यकाका सबै नाका बन्द गरी हुलिया परिपत्र गरेको थियो ।

मोहम्मदको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेको खुलेको छ । युवती र मोहम्मदबीच काठमाडौंको एक क्यासिनोमा काम गर्ने क्रममा चिनजान भएको थियो । मोहम्मदलाई ती युवतीले चिन्ने भएकाले उनले मुन्नालाई एसिड हान्न लगाएका थिए । आफू भने अलि परै बसेका थिए ।

एसिड प्रहार गरिसकेपछि मुन्नालाई मोटरसाइकलमा राखेर उनले डल्लु लगेका थिए । रातारात मुन्नालाई भारत भगाउने योजना बनाइएको थियो । तर उनीहरु उम्किन पाएनन् ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । एसिड प्रहार गरिएकी युवतीको कीर्तिपुरमा उपचार भइरहेको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब