सप्तरीमा डाक्टरसहित १४ स्वास्थ्यकर्मी कोरोना संक्रमण पुष्टि

  • साउन १०, २०७७ | ३१३ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी। सप्तरीका विभिन्न क्वारेन्टाइनमा रहेका थप ७ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ सय २६ पुगेको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले दिएको जानकारी अनुसार पछिल्लो पटक रुपनी गाउँपालिका वडा नम्वर ५ का ३३ वर्षिय, ६ का ४० वर्षिय, शम्भुनाथ नगरपालिका १२ का २८ वर्षिय, २ का ४१ वर्षिय, ८ का ४५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ पाईएको छ । यसैगरी अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्वर १ का २८ वर्षिय र ५ का २३ वर्षिय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस अघि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ५० वर्षिय पुरुषमा शुक्रवार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो । विष सेवन गरी भर्ना भएका उनमा कोरोना संक्रमण पाईएपछि साँझ ७ बजेदेखि राती १२ बजेसम्म अस्पताललाई सिल गरिएको थियो ।

अस्पतालको आकस्मिक कक्षसहित सम्पूर्ण वार्डहरुलाई सेनिटासेनिटाइज गरी आवश्यक व्यवस्थापन गरिसकेपछि अस्पताल पूर्ववत सञ्चालनमा आएको अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जीत कुमार झाले जानकारी दिए ।

यता आस्मिक कक्षमा कार्यरत ४ जना चिकित्सक तथा १० जना पारामेडिक्सलाई राजविराजस्थित एक होटेलमा क्वारेन्टाइन गरिएको छ । हाल २३ महिला र ८७ पुरुष गरी १ सय १० जन आइसोलेसनमा रहेका छन् । यता थपिएका नयाँ संक्रमितहरुलाई आइसोलेसनमा ल्याउने तयारी भईरहेको डा. झाले बताए ।

विगत केही दिन यता राजविराजमा कोरोनाका बिरामिहरुको संख्यामा बृद्धि भएपछि राजविराज नगरपालिकाले अर्को सुचना जारि नभए सम्मको लागि लकडाउन गरेपछि जनजिवन कष्टकर बन्दै गएका छन् ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब