सिरहामा युवकको शव भेट्यो, हत्या गरेर फालेको अनुमान

  • भदौ २, २०७७ | ५०६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिका-१५ सुखचैना स्थित बुधौरामा एक युवकको शव फेला परेको छ । मिर्चैया नगरपालिका ९ रमपुराका २४ वर्षीय उमेश कुमार महतोको शव फेला परेको हो ।

गाउँकै विजय कुमार यादवसँग घरबाट निस्केका उमेशको शव सिरहा नगरपालिकामा भेटेपछि हत्या गरेर फालेको हुनसक्ने अनुमान गरिएको छ । शव समेत गन्हाइसकेपछि मात्र स्थानीयले थाहा पाउँदा प्रहरीलाई खबर गरेको थियो । घटनाको प्रकृति हेर्दा हत्या गरेको देखिन्छ– स्थानीय एक युवकले भने ।

स्रोतका अनुसार विजयले उमेशसँग सापटी रकम लिएका थिए । तर फिर्ता भएको थिएन् । सोही कारण उनको हत्या गरेको हुनसक्छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताए ।

घटनापछि विजय फरार छन् । उनी पक्राउ परेपछि थप रहस्य खुल्ने प्रहरीको भनाई छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब