जुवा खेल्ने १२ जना जुवाडे पक्राउ

  • भदौ ३, २०७७ | ३६४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा प्रहरीले कौडा जुवा खेल्ने १२ जना जुवाडेलाई पक्राउ गरेका छन ।

प्रहरीले धनगढीमाई नगरपालिका १३ भाल्टार स्थित जुवा खेलिरहेको अवस्थामा १२ जनालाई मंगलबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । पक्राउ पर्नेहरुमा सिरहा, सप्तरी र धनुषाका मानिसहरु रहेका छन् । पक्राउ परेका १२ जना कै नाम प्रहरीले सार्वजानिक गरेको छैन ।

उनीहरु कौडी लिएर जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरेका अनुसार स्थानीय मदन बहादुर राईको झुपडी घरमा जुवा खेलिरहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारको संयुक्त प्रहरी टोलीले छापामारी गरी उनीहरुलाई पक्राउ गरेको बताउनु भयो। 

प्रहरीले जुवा खेल्नेहरु बाट कौडा १६ थान , नेपाली रुपैयाँ ३ लाख ६३ हजार ६४०, भारतीय रुपैयाँ ४ हजार ८१०, हस्ताक्षर गरी राखिएको ४ लाख ४८ हजार ३७३ रुपैयाँको चेक संगै उनीहरुले प्रयोग गरीरहेको १४ थान मोबाइल बरामद गरि इलाका प्रहरी कार्यलय  लहानमा राखि थप अनुसन्धान कार्य भइरहेको सिरहा प्रहरी प्रवक्ता डिएसपी घिमिरेले बताए । 

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब