सिरहाका चार स्थानीय तहमा आठ दिनमा ९ जनाको शंकास्पद मृत्यु

  • भदौ ८, २०७७ | ८९५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको चार स्थानीय तहमा आठ दिनमा ९ जनाको संकास्पद मृत्यु भएको छ । नवराजपुर, सखुवानन्कारकट्टी, भगवानपुर र लक्ष्मीपुर पत्तारी गाउँपालिकामा पछिल्लो आठ दिनमा २५ देखि ५५ वर्षका ९ जनाको मृत्यु भएको छ ।

आइतबार साँझ पनि सखुवानन्कारकट्टी गाउँपालिका–१ भोर कटैयागाउँका परमेश्वर मुखियाका करिब २८ वर्षीय छोरा दिपेश मुखियाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । ‘मृत्यु हुनुअघि स्वाब परीक्षण गर्दा उनमा कोरोना नेगेटिभ देखिएको थियो । उनको के कारण मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन’ मृतकका परिवारलाई उदृत गर्दै वडाध्यक्ष शुभनारायण यादवले भने । शव गाउँ ल्याउने तयारी भइरहेको बताए ।

वडाध्यक्ष यादवका अनुसार आइतबार बिहान करिब ४ बजेतिर कटैयागाउँका ५५ वर्षीय कुशेश्वर मुखियाको पनि मृत्यु भएको थियो । उनकै छिमेकी बिहारी मुखियाका छोरा ३८ वर्षीय रामउद्गार मुखियाको पनि आइतबार बिहान १० बजेतिर उपचारका लागि लहान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए । ‘गाउँबाट खबर आएपछि आइतबार बिहान ११ बजेतिर स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेका थियौं’ उनले भने ‘बिरामीले बान्ता गर्नुका साथै पेट दुख्ने र रिङ्गटा लाग्यो भन्दै छट्पटाएका थिए । तत्काल उपचारका लागि लहान पठाए पनि बाटोमै मृत्यु भएको खबर पाएँ ।’

दुई दिन अघि शुक्रबार दिउँसो कटैया गाउँकै गंगाई यादवका छोरा करिब ३६ वर्षीय अरबिन्द यादवको पनि मृत्यु भएको थियो । मृतकहरुले मदिरा सेवन गर्ने गरेको जानकारी पाएको उनको भनाइ छ । विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने स्थानीयले आसंका गरेको उनको भनाइ छ ।

यस्तै लक्ष्मीपुर पत्तारी गाउँपालिका क्वारेन्टाइनमा कार्यरत्त २८ वर्षको कृष सदायको पनि भुमिट र टाउको दुखने जस्ता सामान लक्षण भई उचारकै क्रममा मृत्यु भएको छ ।

त्यस्तै नवराजपुर गाउँपालिका–३ फूलबरिया गाउँको शिवचोक नजिकै घर भएका करिब ४० वर्षीय नागेन्द्र मरिक र उनका आफन्त २५ वर्षीय रामउ्दगार मरिकको पनि मृत्यु भएको गाउँपालिका उपाध्यक्ष शोभाकुमारी यादवले बताइन् । उपाध्यक्ष यादवका अनुसार रामउद्गारको बुधबार र नागेन्द्रको शुक्रबार मृत्यु भएको हो । 

यसअघि गत आइतबार २५ वर्षीय अरबिन्द यादवको पनि मृत्यु भएको उनले बताइन् । उनका अनुसार तीन जना कसैको पनि पोष्टमार्टम नगरी दाहसंस्कार गरिएको छ । स्थानीयका अनुसार उनीहरु अत्यधिक मदिरा सेवन गर्थे । 

त्यसैगरी नागेन्द्र मरिकसँगै रक्सी खाएको भगवानपुर गाउँपालिका वडा नं. २ को ४० बर्षको बौकु मरिक पनि मृत्यु भएको छ । 

मृत्युको बारेमा कतैबाट पनि जाहेरी नआएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता डिएसपी विनोद कुमार घिमिरेले बताए । भोरकटैयाको बारेमा अनुसन्धान भइरहेको डिएसपी घिमिरे बताए । ‘मातहतको प्रहरी युनिट परिचालन गरी अनुसन्धान थालेको बताए ।

कोरोना माहामारीको मौका छोपी गाउँघरमा खुला मदिरा उत्पादन तथा विक्री वितरण ह्वतै बढेको छ । यसको नियन्त्रणमा प्रहरी प्रशासन ठुलो कमजोरी रहेको स्थानिय बैधनाथ चौधरीको भनाई छ । गाउँ तथा चौकमा प्रहरी प्रशासनकै अगाडी खुला रक्सीको कारोवार भएपनि केही नगर्नु यि मृत्युका जिम्मा राज्यकै काँधमा जाने स्पष्ट देखिन्छ चौधरीको तर्क छ ।

मृत्यु घटना दिन प्रति दिन भई रहेको छ । तर सरकारको संयन्त्रणलाई उजुरुी दिईए मात्र अनुसन्धान हुने जस्ता कुराले प्रशासनको लचारी स्पष्ट देखिएको दलित अगुवा तथा शिक्षक राम सुफल सदायले बताउनु भयो । वयस्क युवाहरुका लगतार मृत्यु हुनु प्रशासनको अनुसन्धानको विषय भएन  की अनुसन्धन गरेर जनताले नै दिनु पर्छ ? । यसमा पनि जनताले जानकारी नै गराउनु पर्छ । यसले सरकार जनता प्रति संवेशनशिल नभएको स्पष्ट देखिन्छ सदायले बताए ।

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब