सिरहामा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ८ पुग्यो

  • भदौ १६, २०७७ | ४७८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा ।  सिरहाका थप एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६५ वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएको हो ।

मृतक पुरुष सिरहाको मिर्चैया नगरपालिका ६ का रहेको बताइएको छ । उनको उपचारकै क्रममा सोमबार राति करिब साढे ९ बजे ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार ति पुरुष भदौं १० मा उपचारका लागि भर्ना भएका थिए ।

यसअघि उनी विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि धरान पुगेपनि अन्तत ज्यान गुमाउनु परेको छ । उनी उच्च रक्तचाप र मधुमेहका विरामी समेत थिए ।

भदौं ९ गते संक्रमण पुष्टि भएका उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

यसैसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब