मिथिलाञ्चलमा जितिया पर्व सुरु, आज नहाय खाय र माछ–मरुवा

  • भदौ २४, २०७७ | १,२५६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । तराईँ मधेस सहित मिथिलाञ्चलमा लोकपर्व जितीया आजदेखि सुरु भएको छ । कठिन पर्वको रुपमा रहेको जितीया पर्वमा सन्तानको दिर्घायुको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन्।

यो पर्व मिथिलाञ्चल क्षेत्र एवं थारु क्षेत्रमा मनाईने गरिन्छ। आश्विन कृष्ण सप्तमी तिथिबाट आरम्भ हुने यो पर्व तीन दिनसम्म मनाइन्छ। पर्वको पहिलो दिन आज नुहाई–धुवाई गरी चोखो भइन्छ जसलाई नहाय खाय विधि भन्ने गरिन्छ।

संस्कृतिविद एवं मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमलका अनुसार यस पर्वमा च्यूरा दहीदेखि माछा र मरुवा (कोदो) सम्म खाने चलन छ। त्यसैगरी यो पर्वमा उपवासको निकै महत्व हुन्छ। ब्रत बस्ने अष्ठमी तिथिका दिन थुक पनि निल्न नहुने अन्यथा व्रत भंग भएको मान्यता रही आएको छ।

यदी दुई दिनसम्म अष्ठमी परेमा दोस्रो दिन व्रत बस्ने चलन रहेको पण्डित राजेन्द्र ठाकुरले बताए। ‘जुन दिन उदयकालमा अष्ठमी तिथि पर्छ त्यो दिन व्रत गर्नुपर्ने, नवमीका दिन पारण गर्नुपर्ने परम्परा छ।’

यस पर्वमा सन्तानको दिर्घायुका लागि उनीहरुको टाउकोमा तेलखरि लगाउने परम्परा छ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब