जितियाको मुख्य दिन : गाउँ-गाउँमा पुजापाठ, मेला भने लागेन्

  • भदौ २५, २०७७ | ५८० पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  आज जितिया पर्वको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन ।

कोरोनाको प्रकोपका कारण मधेसी महिला घरमै बसेर जितिया मनाइरहेका छन् । जितिया पर्वको अवसरमा मधेसका गाउँ-गाउँमा मेला लाग्थ्यो । यसवर्ष कोरोनाका कारण जिमुतवाहनको मुर्ती गाउँगाउँमा बनाएर पूजापाठ गरिएको छ । मेला भने लाग्ने छैन ।

सिरहा नगरपालिका ८ का वडाध्यक्ष नगेन्द्र गोईतले हरेक वर्ष जितिया मेलाको आयोजना गर्छ । हुन त यसवर्ष पनि घरमै जिमुतवाहनको मुर्ती बनाएर पुजापाठ उनले गरे । तर कोरोना फैलिन नदिन मेलाको आयोजना गरेका छैन ।

थारु समुदायमा सामूहिक रुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने चलन छ । तर उनीहरु पनि यसवर्ष घरमै बसेका छन् । यसपटक बिहान दर खाएपछि महिला एक ठाउँमा गीत गाउँदै रमाइलो गर्न पाएनन् ।
अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् । जितिया ब्रत बस्दा ३६ घण्टा निराहार रहनुपर्ने भएकाले यसलाई कठोर ब्रत भन्ने गर्छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब