सिरहामा खुकुलो निषेधाज्ञा : निर्देशन अनुसार सवारी पनि संचालन गर्न पाउँने

  • भदौ २८, २०७७ | ४५९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन नदिन सिरहामा निषेधाज्ञाको समय बढाएपनि खुकुलो पारेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गरेर असोज १० गतेसम्मका लागि निषेधाज्ञा बढाएको जानकारी दिएको छ ।

निषेधाज्ञा भने खुकुलो पारेको छ । सिरहा जिल्लाभर अत्यावश्यक पसलहरु विहान ५ बजेदेखि अपरान्ह ३ बजेसम्म खोल्न पाइने निर्णय गरिएको छ । यस्तै होम डिलेभरी दिने सर्तमा होटल तथा रेष्टुरेन्टलाई साँझ ७ बजेसम्म खोल्न दिने बताइएको छ ।

हेल्मेट र माक्स लगाई मोटरसाईकल संचालन गर्न पाउँने र सरकारी सर्वजनिक तथा नीजि  वा भाडाका जीप, कार्, भ्यान,दमकल, एम्बुलेन्स, शववाहन, फोहर उठाउने गाडी,दुध वा इन्धन बोक्ने वा ढुवानी गर्ने साधनमा दुरी  कायम हुनेगरी बासि, मास्क अनिर्वाय रुपमा लगाउने र यात्रा सकिएपछि वा यात्रा सुरु हुनु अघि यिसइन्फेक्शन गरी संचालन गर्न पाउने छ ।

निषेधाज्ञाको अवधिमा भने सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट गर्न प्रतिबन्ध लगाएको छ । निषेधाज्ञाको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।

a

b

c

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब