“लम्पी स्किन” रोगका कारण सिरहामा पशु चौपाया मर्दै, संक्रमण उच्च गतिमा फैलिदै "रोग बारे बुझन गाउँ पसियो भेटेनेरी अस्पतालको चिकित्सक टोली"

  • कार्तिक १४, २०७७ | १,७०१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा जिल्लामा गाई, गोरु र भौँसीमा “लम्पी स्किन ” सरुवा रोग देखा परेको छ । भौँसीमा कम देखिएको रोग गाई तथा गोरु बढी प्रभावित देखिएको छ । रोगका कारण सिरहा नगरपालिका भित्र दर्जन भन्दा बढी गाई तथा गोरु मरेको र ५ सय भन्दा बढी गाई र गोरु संक्रमित रहेको सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले जानकारी दिईएको छ ।

रोग बारे स्थानिय पशु चिकित्सकहरुका जानकारी नभएको कारण किसानले स्थानिय जडिबुटी प्रयोग गरी उचार गरेपनि निको नभई पशु चौपाया मरिरहेको यादबले बताए ।

रोग बारे जानकारी पाए लगतै भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको प्रमुख संतोष कुमार सिँह नेतृत्वको चिकित्सक टोली शुक्रवार सिरहा नगरपालिका वडा नं. ११ का किसानका घरमा पुगि रोग बारे जानकारी लिईएका छन । पशु चौपायालाई हेर्दा “लम्पी स्किन ” रोग भएको पशु चिकित्सक गोविन्द मिश्रले बताउनु भयो ।

पहिला अफ्रिकामा सीमित यो रोग सन् २०१२ पछि मध्य पूर्व , दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान हुँदै बंगलादेश र भारतमा पनि केही महिना अगाडि देखा परेको थियो । सरुवा रोग भएकाले खुला सीमानका कारण दशगजा क्षेत्रमा भारत नेपालको चरण क्षेत्रबाट नेपाल भित्रिएको छ । सरुवा रोग भएकोले चौरमा चरणका लागि खुला गरेपछि अन्य पशु चौपायमा सर्ने भएकोले गाई, गोरु र भौँसी शिकार भईरहेको छ । तर यस रोग कुनै औषधी पता लागेको छैन भने ठुलो खतरनाक रोग पनि होईन । यसको सेकेन्डिरी उचार छ । तिन हाप्तमा आफै निको हुन्छ मिश्रले बताए ।

यो रोग बढी गाई र गोरुमा लाग्ने गर्दछ । यस रोगबाट पशु चौपाय मर्दैन् । तर यो रोग लागेपछि अन्य रोग आक्रमण तथा घाउका कारण पशु चौपाया मर्ने गर्दछ । यस रोगको मुख्य लक्षण भने केचरा निकाल्ने, सिंगान बग्ने तथा फिँज धेरै निकाल्ने, शरिरका विभिन्न भागहरुमा विशेष पशुको घाँटी, पछाडिको खुट्टाहरुमा, पेट र थुन वरिपरि सानादेखि ठुला गिर्खाहरु देखिने, १०४ फरेनहाइट वा माथि ज्वरो आउने रहेका छन । यस रोगको औषधी नेपालमा हाल सम्म उपलब्ध छैन । अनुभवी पशु चिकित्सकबाट सल्लाह अनुसार उचार गरियो भने निको हुन्छ भेटेनेरी अस्पताल तथा पशु विज्ञ केन्द्र, सिरहाको प्रमुख सिँहले किसानलाई सुझाव दिनु भयो ।

यस रोगबाट पशुलाई बच्चाउन संक्रमित क्षेत्रबाट गाई भौँसी ओसारपोसार नियन्त्रण गर्ने र लामखुट्टे, झिंगा, किर्ना आदिको नियन्त्रण र गोठ वरिपरिको वातावरण सफा राखे तिन हाप्तमा निको हुन सकने सिँहको सुझाव रहेको छ ।

123005002_3012946878807225_6690275731804556016_n

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका ...

असोज २४ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । ...

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब