झारफुकको बहानामा मौलानाद्धारा एक युवतीको बलात्कार, मौलाना पक्राउ

  • मंसिर ११, २०७७ | ८०५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको लहान नगरपालिकामा झारफुक गर्ने बहानामा एक युवतीको बलात्कार भएको घटना सार्वजनिक भएको छ। हरेक वर्ष नोभेम्बर २५ तारिकदेखि डिसेम्बर १० तारिखसम्म अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइन्छ। यो वर्ष कोरोनाका कारण भौतिक कार्यक्रम नगरेपनि प्रविधिको माध्यामबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरुवात भएको छ। नेपालमा यो वर्ष ‘लैङ्गिक हिंसा अन्यतको प्रतिवद्धता ः  व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ बुधबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ। अभियान सरुकै दिने बलात्कारको घटना बहिर आएको छ । यस घटनाले सरकारले औपचारिक रुपमा अभियान संचालन गर्दै आएपनि मानिसमा सचेतना आएको छैन।

 अभियानकै क्रममा लहान नगरपालिका-७ कि एक युवतीलाई झारफुकको बहानामा बलात्कार गरेको घटना सार्वजनिक भएको हो। बलात्कार आरोपमा एक मौलाना पक्राउ परेको छ । मिर्चैया नगरपालिका–१० घर भई अहिले लहान–१० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसन लाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका छन्। 

मौलाना हसन माथि झारफुक गराउन आएकी २३ वर्षीया युवतीलाई मंगलबार दिउँसो बलात्कार गरेको आरोप लागेको छ । बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ । 

प्रहरीका अनुसार पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताए । डिएसपी क्षेत्रीका अनुसार बुधबार उनीमाथि अनुसन्धानका लागि सरकारी वकिल कार्यालय मार्फत अदालतले ५ दिनको म्याद थप गरेका छन् ।

 मौलाना लाई  अनुसन्धानका लागि हिरासतमा राखिएको छ। ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछिनिकालेको आफन्तको आरोप छ। मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् । त्यसपछि आफन्तहरू उनको घर पुगेर केरकार गर्नु का साथै  मौलानालाई नियन्त्रणमा लिएर कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए ।

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब