सिरहा सदरमुकामा ओली र विद्याको पुतला दहन

  • पुस १०, २०७७ | १,३२६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा सदरमुकाममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको पुतला दहन गरिएको छ । जनता समाजवादी पार्टी सिरहा नगरकमिटि उपाध्यक्ष बिनोद कामतीको नेतृत्वमा स्थानीय नेता तथा कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला जलाएको हो । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै त्यसको विरोधमा पुतला जलाएको नगरकमिटि उपाध्यक्ष कामतीले बताए । उनीहरूले संसद पुनर्स्थापनाको मागसमेत गरेका छन् ।

जसपाका स्थानीय नेताहरूले प्रधानमन्त्री ओलीले मधेशलाई संधै होच्याए पनि वास्तविक देशद्रोही उनी नै रहेकोे बताए ।

ओलीले बाहिर ठूलठूला गफ दिएपनि देशको हितलाई नहेरी व्यक्तिगत स्वार्थमा लागेर देशलाई डुबाउन लागेको भन्दै उनलाई कडा करवाही गर्नु पर्ने नेताहरुका माग रहेको थियो ।

133107391_184432916744278_7295620846591793793_n

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब