सिरहामा २३ औँ भुकम्प दिवस मनाईयो

  • माघ २, २०७७ | ७६६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहामा भुकम्प सम्बन्धी सुरक्षा विषयमा अन्तरक्रिया गरी २३ औँ भुकम्प दिवस "बहुप्रकोपीय विपद्मा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा" मुल नाराका साथ मनाईएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सिरहाको आयोजना र नेपाल रेडक्रस सोसाईटी सिरहा शाखाको समन्वयमा भुकम्पबाट सुरक्षित हुने विषयहरुमा छलफल गरी दिवस मनाईएको हो ।

देशमा ठुला- ठुला भुकम्प जाने बेलामा सुरक्षा विषयमा कुरा गर्ने सरकारले पहिले देखि विभिन्न क्षेत्रलाई भुकम्पीय जोखिमबाट सुरक्षित बनाउनु पर्ने आवश्यकता रहेको सिरहा उधोग बाणिज्य संघको सभापति प्रमोद पौदारले बताउनु भयो । द्रुत गतिमा पकी भवन निर्माण भईरहेको गा्रमिण तथा बजारको संरचना पनि भुकम्पीय सुरक्षलाई ध्यान नदिईरहेकोले स्थानीय सरकार चनाखो भई कार्य गर्नु पर्ने पौदारले जोड दिनु भयो ।

भुकम्पबाट सुरक्षित हुन जनचेतनालाई बढी जोड दिनु पर्छ । स्थानीय ऐनलाई आधार मानी घर तथा भवन निर्माण प्रक्रियालाई भुकम्पीय प्रतिरोधि बनाउन जनप्रतिनिधिले नसकिने धनगढीमाई नगरपालिकाको मेयर हरि नारायण चौधरीले बताउनु भयो । जनप्रतिनिधिले जनतालाई भुकम्प प्रतिरोधि घर बनाउन भने पछि जनताले जनप्रतिनिधिमा माथि विभिन्न आरोपहरु थुपार्ने गर्दछ । आफ्नो पूँजीमा घर बनाउनेहरु नगरपालिकाको कुनै नियम पालन गरिरहेको छैन । बैँकबाट सहयोग लिनेहरु मात्र नगरपालिकाबाट भवन स्वीकृत गराउँछ । यस्ता भवन मात्र भुकम्पीय प्रतिरोधि बन्छ । यसका लागि सरकारले ठोेस निर्णय लिनु पर्ने चौधरीले बताए ।

विपद् व्यवस्थापन सम्बन्धी कार्यविधि बनाई गाउँपालिका देखी वडा सम्म कार्यन्वयन गर्ने योजना साथ कार्य गरे भुकम्पीय प्रतिरोधि घर तथा संरचना निर्माण हुने भगवानपुर गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादबले बताउनु भयो । जनतामा जनचेतना र ऐन कानूनको प्रक्रिया प्रतिवद्ध भएरसँगै कार्य गरे भुकम्पीय जोखिमबाट हुने ठुलो क्षतीलाई रोक्न सकिने यादबले बताए ।

भुकम्प प्रकृतिक प्रकोप भएकोले कति बेला आउँछ कसैलाई थाहा छैन । तर यसबाट हुन सक्ने क्षती कम गर्न हामीसँग विभिन्न उपायहरु छ । सामाजिका जनचेतना र भौतीक संरचना निर्माणमा विशेष ध्यान दिईए सुरक्षित हुने सकिने जिल्ला समन्वय समिति सिरहाको सभापति रामचन्द्र ठाकुरले बताउनु भयो ।

साउन २९ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २९ गते । शुक्रबार । ईश्वी सन् २०२६ ...

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब