विद्यार्थी जनमत संघद्धारा सिरहा सदरमुकाममा ज्वाला सङग्रौलाको पुतला दहन

  • असार ९, २०७८ | १,०९३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा सदरमुकाम स्थित हेमनारायण चौकमा विद्यार्थी जनमत संघले ज्वाला सङग्रौलाको पुतला दहन गरेको छ। रंगभेद विरुद्ध बिगत पाँच दिन देखि चलिरहेको आन्दोलनको पाचौं दिन पुतला दहनको कार्यक्रम रहेको थियो ।

केही दिन अगाडि काठमाडौको बानेश्वरमा डिउटीमै रहेका एक जना मधेसी  ट्राफिक प्रहरीलाई ज्वाला सङग्रौला र उनकी टोलीले रंगभेदी आक्रमण गर्दै गालीगलौज गरेका थिए भने सरुवा समेत गराइ दिने धम्की दिएका दिएका थिए। आफू पावरफुल मान्छे भएको भन्दै किन्न रोक्नु भयो , झा हो मधेश तीरै गए हुन्छ , अब उतै खेती किसानी गरेर बस्नु पर्छ , मधेश तीरै फिर्ता जा जस्ता रंगभेदी व्यबहार गरेका थिए । जस्को चौतर्फी बिरोध भएको थियो भने कार्वाहीको माग भएको थियो ।

तर कारवाही हुनु पर्नेमा उल्टै धम्की दिए अनुसार प्रहरीको सरुवा नै भए पछि पुनः यो घटनाले नंया मोड लिएको छ। मधेशी समुदाय उपर यश किसिमको दुर्ववहार बारम्बार भैरहेको छ तसर्थ दोसी उपर कारवाही हुनु पर्ने विद्यार्थी जनमत संघले माग गरिरहेको छ। कार्यक्रममा बोल्दै विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य दिपेन्द्र कुमार यादवले कार्वाही नभए सम्म आन्दोलन जारी रहने बताउनु भयो।

मधेशको गली गलीमा पहाडी प्रहरीहरुको घुइँचो छ, हरेक बिटमा पहाडी प्रहरी नै देखिन्छ । देशको राजधानी जस्तो सहरमा मधेसी प्रहरीलाई मधेश तिरै जा , त्यही खेती किसानी गर भने त्यसरी नै मधेशमा पनि हामीले पहाडी प्रहरीहरुलाई भन थाले हालात के हुने हो ? आफै बिचार गर्नुस ? त्यसैले दोसी उपर कार्वाही हुनु जरुरी छ। कार्यक्रम स्वास्थ मापदण्ड लाई पाल्ना गर्दै सम्मपन भएको थियो ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब