सिरहा प्रहरीले सुरु गरियो ’तपाईंको मास्क खै’ अभियान

  • साउन २४, २०७८ | ७०२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । देश भरी चलिरहेको मास्क अभियान कोभिड–१९ को जोखिम झन बढेको भन्दै सिरहामा प्रहरीले मास्क अभियान थालेको छ ।

मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको अगुवाईमा ’तपाईको मास्क खै’ अभियान सुरु गरेको हो । प्रहरीले सिरहा सदरमुकाम,लहान,मिर्चैया,गोलवजार,चौहर्वा,धनगढी लगायत आसपासका मूख्य बजारक्षेत्रमा सर्वसाधरण र सवारीचालकलाई मास्क वितरण गर्दै अभियान चलाएको छ ।

मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्कलाई अनिवार्यता गर्दै विना मास्क सिरहा जिल्ला भरि हिडडुल नगर्न अनुरोध गर्दै सचेतनामूलक अभियान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले बताए ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाही समेत गर्ने बताएको छ । सदरमुकामलगायत मुख्य सडकखण्ड र बजार क्षेत्रमा सर्वसाधारणको भीड बढ्न थालेपछि नेपाल रेडक्रस सोसाइटी, र स्थानीय सरोकारवालाको सहकार्यमा प्रहरीले अभियान परिचालन गरेको हो ।

यता जिल्ला प्रशासन कार्यालय सिरहाले पटक पटक निषेधआज्ञा जारी गर्दै कोरोना भाईरसबाट जोेगाई रहदाँ पनि सर्व साधारणमा अज्ञान्ताले संक्रमित थपिदै गईरहेको बखत मास्क लगाउ अभियान जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले बताउनु भयो । उहाँले भने तयारी पुरा छ तर जनचेतनाको अभाव रहेको सिडियो कणेलले बताउनुभयो ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब