कुलमान घिसिङद्वारा विद्युत प्राधिकरणको पदभार ग्रहण

  • साउन २७, २०७८ | ५६४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफू ठूलो चुनौती स्वीकारेर प्राधिकरणमा दोस्रो इनिङ सम्हाल्न आएको बताएका छन् ।

आज पदबहालीपछि प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘सरकारले ठूलो अपेक्षा राखेर मलाई नियुक्त गरेको छ । मेरो व्यक्तिगत जीवनमा योभन्दा ठूलो चुनौती सायद अरु हुने छैन । यसलाई स्वीकारेर म दोस्रो इनिङ सम्हाल्न आएको छु,’ उनले भने ।

यो चुनौतीलाई आफू एक्लैले भन्दा पनि सबैको साझा प्रयासबाट पार गर्नुपर्ने उनको भनाइ छ । उनले प्राधिकरणमा आफूले कसैको आलोचना र टिका टिप्पणी गर्नेभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाए । सरकारको कार्ययोजनालाई साकार पार्न आफू प्रतिबद्ध भएर लाग्ने उनले बताए ।

बुधबार दिउँसो प्राधिकरणमा ११ महिनापछि घिसिङले पदबहाली गरेका हुन् । बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका थिए । उनलाई विद्युत प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब