जलवायु अनुकुलन खानेपानी सुरक्षा योजना सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्

  • भदौ ५, २०७८ | ७५३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, भदौ ५ गते । विश्वव्यपी रुपमा देखिरहेका जलवायु परिवर्तनलाई ध्यानमा राखी सिरहको मिर्चैयामा जलवायु अनुकुलन खानेपानी सुरक्षा योजना सम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन भएको छ । 

BMZ/ VCA/ WHH को  आर्थिक सहयोगमा सबल नेपालद्वारा सिरहाको कल्याणपुर, कर्जन्हा र सिरहा नगरपालिकाहरुमा संचालित खानेपानी सरसफाई तथा स्वच्छता शुसासन सवलिकरण परियोजनाले कल्याणपुर, कर्जन्हा र सिरह नगरपालिकाका कर्मचारीहरु तथा प्रमुख सरोकारवालाहरुलाई ५ दिने जलवायु अनुकुलन खानेपानी सुरक्षा योजना तर्जुमा सम्बन्धि प्रशिक्षक प्रशिक्षण  दिईएको  छ । 

उक्त तालिममा तिनै ओटा पलिकाहरुबाट शिक्षा शाखा, स्वास्थ्य शाखा, प्राबिधिक साखाका प्रमुख , प्रतिनिधिहरु, सस्थ्य स्वयम्सेविका, बिद्यालय प्रधानाध्यापक, खानेपानी योजनाको उपभोक्ता समितीका प्रतिनिधिहरु गरि जम्मा १९ जना सहभागीता रहेको  थियो ।

तालिममा बिशेष  गरि खानेपानी सुरक्षा योजना के हो ?  यो  किन जरुरि छ ? र खाने पनि सुरक्षा योजना कार्यन्वयन प्रक्रिया तथा योजना तर्जुमाको चरनहरुको बारेमा प्रयोगात्मक कक्षाहरु सहित प्रशिक्षण गरिएको परियोजना संयोजक भिम शाहीले बताउनु भयो । 

सबल नेपाल खानेपानी सरसफाई तथा स्वच्छता शुसासन सवलिकरण परियोजनाले आगामी दिनमा तिनै वटा पालिकाको वास प्लान तर्जुमा गर्नको लागि प्रारम्भिक कामहरु सुरु गरिसकेको हुनाले यो तालिमले समग्र खानेपानी सरसफाई तथा स्वच्छताको क्षेत्रमा फड्को मार्न सहयोग पुग्ने कुरा परियोजना संयोजक शाहीले बताउनु भयो ।

तालिममा शोभा राना र रोहित शर्माले यो ५ दिने प्रशिक्षण गर्नु भएको थियो  । तालिममा सहभागीहरुले यो तालिम फलदायी भएको र बस्ति स्तरमा भएका खानेपानी आयोजनाहरुलाई येस्तई खाने पानि सुरक्षा योजना बनाई संरक्षण गर्ने प्रतिवद्धता पनि गर्नु भयो ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब