टेलिकमको 'फोर जी' विस्तार अन्तिम चरणमा, 'फाइभ जी' परीक्षणको तयारी

  • भदौ २१, २०७८ | ५६७ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डौ  ।  नेपाल टेलिकमले देशैभर फोर जी सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको जनाएको छ । ७७ जिल्लाका ६ सय ८२ पालिकामा फोर जी विस्तारको काम सकिएको र बाँकी रहेका ७१ पालिकामा पनि काम भइरहेको टेलिकमले जनाएको छ । 

चार हजार एक सय ८६ वटा संरचना निर्माण गर्नुपर्नेमा तीन हजार पाँच सय ४४ वटा संरचनाबाट फोर जी अनएअर भइसकेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।  

यस्तै टेलिकमले गएको जेठदेखि सुरु भएको फोरजी भीओएलटीई सेवाको परीक्षण पनि तीव्र गतिमा भइरहेको जनाएको छ । इन्टरनेट विना नै भिडिओ कल गर्ने सुविधाका साथै आवाजको गुणस्तर सुधार्न टेलिकमले भीओएलटीई प्रविधि ल्याएको हो । 

यसैबीच टेलिकमले फाइभ जी परीक्षणका लागि पनि तयारी तीव्र पारिएको जनाएको छ । टेलिकमका प्रवक्ता राजेश जोशीले फोर जी विस्तारको काम छिटै सकिने र फाइभ जी परीक्षण हुने जानकारी दिनुभयो । 

फाइभ जी परीक्षणका लागि उपकरण आयातको क्रममा रहेको र अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरिएको जोशीले बताउनुभयो ।  

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब