कुट्टीको सम्पती विषयमा प्रहरी र स्थनिय विच झडपमा २ सेल आँसु ग्यास र रवरको गोलि प्रहार

  • भदौ २४, २०७८ | ५७९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २४ भदौ । सिरहाको कर्जन्हा नगरपालिका १ बल्टिया कुट्टीका बाबा (महन्थ) लक्ष्मीनारायण यादवलाई स्थानियवासिहरुले बस्न नदिने भन्दै आन्दोलित भएका छन् । बाबाले कुट्टीको सम्पती हड्फिन विभिन्न हथकण्डाहरु अपनाउन थालेको र यहाँ पहिला देखिनै बस्दै आएको ७० वर्षिय माईरामनीको करिव एक महिना अगाडि उनको हत्या समेत गरेको भन्दै स्थानियहरुले बाबालाई अव कुट्टीमा बस्न नदिने अडान राखेका छन् । सोहि कुट्टीमा बस्दै आएका एक वृद्ध महिला पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको थियो । स्थानीयले भने बाबाजिले नै हत्या गरेको हो भन्ने आरोप लगाउँदै आएको छ । सोही घटनापछि आक्रोसित स्थानीयले बाबालाई कुट्टीमा आउन दिईरहेको छैन ।

घटनापछि प्रहरीले बाबालाई नियन्त्रणमा लिएका थिए । प्रहरीले आत्महत्या भएकोले उनलाई आवश्यक परेको बेला उपस्थित हुनेसर्तमा तारिखमा छोडेको बताएको छ । बाबालाई प्रहरीले छोडेपनि स्थानीयले कुट्टीमा प्रवेश गर्न दिएको छैनन् ।
बाबालाई कुट्टीमा स्थापीत गराउने विषयमा हिजो मंगलबाजर प्रहरी, स्थानीय र बाबाका पक्षका व्यक्तिहरुविच बार्ता गर्न बाबाजी कुट्टीमा आएपनि स्थानीयले बस्न दिएनन् । कुट्टीमा बसेर छलफल गर्ने अवस्था नभएपछि प्रहरीले घेरा हालेर बाबालाई गाउँबाट निकालेको थिए ।
बाबालाई निकाल्ने क्रममा प्रहरी र स्थानीय विच झडप समेत भएको थियो । झडप नियन्त्रणगर्न प्रहरीले आँसु ग्यास र प्लाष्टिकका गोली प्रहार गरेको कर्जन्हा नगरपालिकाका उपप्रमुख ज्ञानु श्रेष्ठले जानकारी दिए । झडपको क्रममा दुई जना प्रहरी र दुई स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।
कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले बाबाको विषयमा कर्जन्हा नगरपालिकामा छानविनको लागि निवेदन परेको बताए । उनलेभने, ‘बाबाको विषयमा नगरपालिकाको न्याय समितिमा निवेदन परेको छ, त्यहाँको छलफलले के गर्छ त्यही अनुसार अगाडि बढने छु ।’

उनले बाबाले सम्पती हिना मिना गर्न खोजेको भन्ने सुनिएको बताए । उनले, ‘ बाबाको पनि बदमासि छ, उनले पनि सच्चिनु पर्छ भन्दै मेयर पासवानले भने, ‘कुट्टीको नाममा धरै जमिनहरु छन्, त्यहि जमिनको विषयमा बाबाले चलखेल गर्न खोजेको हल्ला छ, त्यसको विषयमा पनि न्याय समितिले छलफल गर्ने छ ।’
उपमेयर श्रेष्ठले बाबा प्रशासनको बलमा यहाँ आएर वस्न खोजी रहेको बताए । उनले बाबालाई यहाँ पुनःस्थापित गराउन गाउँलेहरुसँग छलफलको जरुरी रहेको बताए । गाउँलेसँग कुरै नबुझी ल्याउँदा समस्या भएको उनले बताए ।
यता बाबा लक्ष्मीनारायणले आफ्ना गुरु महन्थ हरि दासले आफ्नो नाममा रहेको ६ विगहा १० कठ्ठा जग्गा आफ्नो नाममा लगाएको बताए । सोही जमिन मध्ये केही जमिन मन्दिर बनाउँदा ऋणपान गरेको तिर्नलाई बेच्न खोज्दा वडाअध्यक्ष मोहन शाहिले भाग खोजेको आरोप लगाएको छ ।

जमिन बेच्न सिफारिस लिनजाँदा वडाअध्यक्षले पनि केही जमिन वडालाई पनि दिनुपर्ने सर्त राखेको बाबाको भनाई छ । यता वडा अध्यक्ष साहीले कुट्टीको जमिन भएकोले स्थानीय गाउँले र स्थानीय सरकारको मन्जुरी बेगर चलाउन नपाउने बताए ।
गाउँले भने बाबाले कुट्टीको सम्पूर्ण सम्पती हड्पिन खोजेको आरोप लगाएको छ । उनीहरुले बाबाले घर परिवार र आफन्तहरुलाई राखेर कुट्टीलाई जिनी ढङ्गले प्रयोग गर्ने गरेको स्थानियले आरोप लगाउदै आइरहेको छ ।

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब