सिरहामा आरकेष्ट्रा बन्द गराउन खोज्दा प्रहरी माथि ढुंगामुडा, असई सहित ४ प्रहरी घायते

  • असोज ४, २०७८ | ९८० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिकामा आरकेष्ट्रा बन्द गराउन गएका असई सहितको प्रहरी टोली माथि ढुगांमुढा गरिएको छ । गांमुढाबाट प्रहरी साहायक नायव निरिक्षक असाई सहित ४ जना प्रहरी घायते भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्ता सुभाष बुढाथोकीले जनाए अनुसार जिल्ला सिरहा सिरहा न.पा.-२१ लकडीगोठ स्थित विस्वकर्मा पुजाको उपलक्षयमा आरकेष्ट्रा नचाएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी लकडीगोठबाट खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गरेको अवस्थामा स्थानियहरुले आफुहरुले आरकेष्ट्रा नचा गराउने जिकिर गरेपछि प्रहरी स्थानिय बिच झडप भए ।

आरकेष्ट्रा बन्द  नमाने पछी थप मदतको लागी ई.प्र.का.माडर र प्र.चौ.खिरौना समेत बाट खटिएको टोलीले बन्द गराउने क्रममा एक्कासी बती मारी प्रहरी माथि ढुंगामुडा गर्दा प्र.चौ.खिरौनामा कार्यरत प्र.स.नि.राम पुकार चौधरीको टाउकोमा चोट अबस्था सामान्य ,ई.प्र.का.माडरमा कार्यरत प्र.ह.देव नारायण यादवको टाउकोमा चोट अबस्था सामान्य र प्र.चौ .लकडीगोठमा कार्यरत प्र.ह.राज नारायण साहको टाउकोमा चोट अबस्था सामान्य निजहरूको स्थानिय मेडिकल लकडीगोठमा उपचार भईरहेका छ ।

अवस्था सामान्य नभएपछि जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक सुभाष बुझाथोकीको कमाण्डमा खटिएको २५ जना प्रहरी टोली पुग्दा ढुंगामुडा गर्ने मानिसहरू फरार भएको छ । फरार रहेकाहरुके खोजीकाय जारी रहेको डिएसपी बुढाथोकीले बताए ।

मधेसका जिल्लाहरुमा चाडपर्वसंगै मेला महोत्सव आयोजना हुदैछ । मेलामा मधेसको परम्परा झल्किने नाच नचाउने चलन छ । मेलामा नाच नचाउने चलन अघिल्लो समय लोप भएको छ । नाचको स्थान महिला नचाउने ‘आर्केस्ट्रा’(सांस्कृतिक कार्यक्रम)ले लिएको छ । भोजपुरी र अन्य अश्लिल गितमा राती ‘ आर्केस्ट्रा’मा महिला नाच्ने प्रबृतीले अपराध बढाएको छ ।

सांस्कृतिक कार्यक्रम भन्दापनि अश्लिल नृत्यको होडबाजी चलेको छ । समाजले पचाउन नसक्ने महिलाको पहिरण र खुला मञ्चमा महिला पुरुषको अश्लिल नृत्यले उत्तेजित हुने भिडले पटक पटक झडप भएपछि सिरहामा ‘आर्केस्ट्रा’मा स्थानिय प्रशासनले रोक लगाएको छ । राजनीति दलका नेताले आर्केस्ट्रा आयोजन गरेको पाइएको छ । सुरक्षा दिने सुरक्षाकर्मीमाथि ढुगांमुढा हुनु दुखद रहेको छ । प्रहरी प्रशासनले सुरक्षित रहोस भन्ने उद्येश्यले ‘ आर्केस्ट्रा’ बन्द गराएको हो । त्यो सबै जनताले बुझनुपर्दछ ।

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब