सिरहा नगरपालिकामा प्रजिअ कणेलद्धारा विपद पोर्टलको उद्घाटन

  • असोज १४, २०७८ | १,०३५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकामा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलद्धारा विपद पोर्टलको उद्घाटन गरिएको छ ।  पोर्टलको प्रयोगले विपद जोखिम पहिचान, जोखिमको विश्लेषण, समय सापेक्ष विपद तयारी तथा प्रतिकार्य, विपद सञ्चार,  विपद पुर्व तयारी, तथा विपद तथ्याँङ्क व्यवस्थापन गर्न सिरहा नगरपालिकामा सहयोग पुग्ने छ । 

के हो विपद पोर्टल ?
विपद पोर्टल एकीकृत विपद सुचना व्यवस्थापन प्रणाली हो जुन नेपाल सरकारको गृह मन्त्रालयद्घारा आरम्भ गरिएको हो । यो पोर्टल राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को स्वामित्वमा रहेको छ । यस विपद पोर्टलमा विपद सम्बन्धित विभिन्न विधामा सुचना तथा तथ्याङ्क एकिकृत गरी व्यवस्थापन गरिन्छ । 

विपद पोर्टल प्रयोग गर्न कुनै पनि वेब ब्राउजरमा bipadportal.gov.np टाइप गरी पहुँच गर्न सकिन्छ । यस पोर्टलको प्रयोगले विपद जोखिम पहिचान, जोखिमको विश्लेषण, समय सापेक्ष विपद तयारी तथा प्रतिकार्य, विपद सञ्चार,  विपद पुर्व तयारी, तथा विपद तथ्याँङ्क व्यवस्थापन गर्न सहयोग पु¥याउँछ । सिरहा नगरपालिकाको छुट्टै BIPAD Portal subdomain  पनि रहेको छ (https://sirahamun.bipadportal.gov.np/), जस मार्फत सिरहा नगरपालिकाको मात्र तथ्याँङ्क तथा जानकारी प्राप्त गर्न सकिन्छ । 

विपद पोर्टलमा विभिन्न निकाय, जस्तै नेपाल पुलिस, जल तथा मैसम विभाग, ICIMOD, खानी तथा भुगर्भ विभाग, आदिबाट समय सापेक्ष तथ्याँक तथा जानकारी सजिलै हेर्न मिल्ने गरी प्रस्तुत गरिएको हुन्छ । त्यसै गरी, यस पोर्टलमा सिरहा नगरपालिकाको नगरस्तरीय विपद व्यवस्थापन समितिको सुची र सम्पर्क विवरण, नगरपालिकाको विपद सम्बन्धी नीति÷कार्ययोजना, जनसाङ्ख्यीक विवरण, आदि पनि समावेश गरिएको छ ।

सिरहा नगरपालिकामा विपद पोर्टल स्थानियकरण 

सक्षम परियोजना अन्तर्गत सिरहा नगरपालिका, नेपाल रेड क्रस जिल्ला शाखा सिरहा, र युथइनोभेसन ल्याबको समन्वय तथा सहकार्यमा सिरहा नगरपालिकामा विपद पोर्टल स्थानियकरण गर्ने कार्य अघि बढाइएको हो । यस परियोजना अन्र्तगत, DRR Fellow को रुपमा अबद्घ भएकी श्री मनश्री नेवाले ५ महिनाको समयावधिमा सिरहा नगरपालिकाका विपद फोकल पर्सन श्री सुरेश चोरबार तथा एम. आई. एस.अपरेटर श्री बिमल कुमार गुप्तालाई विपद पोर्टल सम्बन्धिता लिमदिई सिरहा नगरपालिकाको विपद सुचना व्यवस्थापन कार्यमा क्षमता बृद्घि गरिएको थियो । साथै, सिरहा नगरपालिकाको अगुवाइमा यस नगरपालिकाका विपदको दृष्टिकोणले संवेदनशील तथा महत्वपुर्ण भैतिक पुर्वाधारको पनि तथ्याँङ्क संकलन गरी यस पोर्टलमा समावेश गरिएको छ ।

उद्घाटन समारोह सिरहा नगरपालिका कार्यलयका प्रमुख प्रशासकिय अधिकृत श्री बलि राम यादवज्युको अध्यक्ष्ता आयोजना गरिएको थियो । कार्याक्रममा अतिथिका रुपमा सिरहा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री रामबहादुर मण्डल तथा नेपाल रेड क्रस सोसाइटीका सभापति श्री राजदेव यादवको उपस्थित पनि रहेको थियो ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब