७ किलो अवैध चाँदीको गहनासहित एक युवक प्रहरीको फन्दामा

  • असोज २२, २०७८ | ६९२ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी, असाेज २२ गते । सप्तरीमा लाखौं मूल्य बराबरको अवैध चाँदीको गहनासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका वडा नम्बर १ भारदहबाट युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा माेरङकाे रङ्गेली नगरपालिका वडा नम्बर ९ निवासी २६ वर्षीय उमेश विक रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भारदहकाे टाेलीले चेकजाँचकाे क्रममा विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । ।

पक्राउ परेका विकको साथबाट सादा पाउजु ८८ पिस ,जेन्स ब्रासलेट २७ पिस , लेडिज ब्रासलेट ३ पिस ,झालर पाउजु ३० पिस ,बच्चाको पाउजु ६२ पिस ,सिकडि ७२ पिस ,बच्चाको चुडडा २८ पिस गरी कुल ७ किलाे अवैध चाँदीको गहना अर्थात ६ लाख ६० हजार मूल्य बराबरको उक्त अवैध समानसहित नियन्त्रणमा लिएको काफ्लेले जानकारी बताए ।

नियन्त्रणमा लिएका विकसहित चाँदीलाई अावश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरी पठाएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब