मिर्चैयामा कर्मचारीका छोराबाट चरम दुरुपयोग भईरहेको सरकारी गाडी स्थानीयले समाते

  • कार्तिक २, २०७८ | ५९१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, कार्तिक २ गते । सिरहाको मिर्चैया नगरपालिकाका एकजना कर्मचारीका छोरालाई स्थानीयले सरकारी गाडीसहित समातेर प्रहरीमा बुझाएका छन् ।

मिर्चैया नगरपालिकाको स्थास्थ्य शाखाका उपप्रमुख विजय महतोका छोरालाई सेता नम्बर प्लेटका गाडीसहित समातेर प्रहरीमा बुझाएका हुन् । नगरपालिकाको प्रदेश २ ०१ ००१ब ०२१२ नम्बरको मोटरसाइक उपप्रमुख महतो चढ्छन् ।

तर, स्थानीयले सोमबार बेलुकी उक्त मोटरसाइकलमा उनका छोरालाई गुडिरहेको देखेपछि कटारी चोकमा उनलाई समाते ।

प्रहरी त्यहीँ भएपनि गाडी नियन्त्रणमा लिन चाँसो नलिएपछि स्थानीयले दवाव दिएपछि मात्रै प्रहरीले गाडी नियन्त्रणमा लियो ।

गाडी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मिर्चैया नगरपालिकामा सरकारी गाडीको दुरुपयोग व्यापक रुपमा भइरहेको छ । तर, यसप्रति प्रहरी प्रशासन मौन रहँदै आएको स्थानीयको गुनासो छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब