सिके राउतका कार्यकर्ताले गरे अर्को जनकारबाही : प्रअलाई कालोमासो दल्दै चप्पलले हाने

  • कार्तिक १२, २०७८ | ६९२ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, कार्तिक १२ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम स्थित खानेपानी तथा ढल निकास कार्यालय निमित प्रमुख राजेश कुशवाहालाई गरेको अमानवीय व्यबहार घटना सेलाउन नपाउँदै पुनः एक प्रधानाध्यापकमाथि कालोमोसो दल्दै चप्पल प्रहार गरेका छन् ।

धनुषाको सवैला नगरपालिका १२ रघुनाथपुर स्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक बैजु साहलाई जनमत पार्टीका कार्यकर्ताले कालोमोसो दल्दै चप्पलले हानेका हुन् ।

शुक्रबार दिउँसो विद्यालयबाट मोटरसाइकलमा पछाडि बसेर निस्किन लागेको बेला जनमतका कार्यकर्ता र केहि विद्यार्थीले पछाडिबाट उनलाई कालोमोसो दल्दै चप्पल प्रहार गरी दुव्र्यबहार गरेका हुन् ।

आन्दोलनरत्त विद्यार्थीको मागप्रति वेवास्ता गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले जनकारबाही स्वरुप कालोमासो दलेर चप्पल हानेको जनाएको छ ।

विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने लगायतको माग गर्दै आन्दोलन गर्दै आएका छन् 

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब