कमलामा भण्डारणको नाममा क्रसर स्थापनाको प्रयास

  • कार्तिक २६, २०७८ | ५८१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २६ कात्तिक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटरको चार लेन सडक निर्माण गरिरहेको चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले कर्जन्हा नगरपालिका १ स्थित कमलाको बगरमा नदिजन्य पदार्थ भण्डारणका लागि अनुमति दिन गत असोज १७ मा प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा निवेदन दियो । मन्त्रालयले कार्तिक १ मा डिभिजन वन कार्यालय लहान सिरहालाई जग्गा उपलब्ध गराइदिन भनी पत्र काट्यो ।

डिभिजन वन कार्यालयले कार्तिक ५ मा कर्जन्हा १ स्थित ब्लक एकको जग्गा प्रयोग गर्न दिन भनी वडा कार्यालय र नन्द बाबा सामुदायिक वनलाई पत्र काट्यो । यतिबेलासम्म स्थानीयलाई केहि थाहा थिएन । तर, त्यसपछि वनका अध्यक्ष श्याम बहादुर फुँयाल लगायत केहि व्यक्तिले एउटा म्यान्यूट बनाएर गाउँमा स्थानीयहरुलाई हस्ताक्षर गर्न लगाए ।

पोखरी खनिने र त्यसबाट आउने माटो बालुवाले गाउँका सडकहरु ग्राभेल हुने भनेर उनले झण्डै २ सय स्थानीयसँग झुक्याएर हस्ताक्षर गराए । त्यसपछि स्थानीयले सोधखोज गरेपछि भण्डारण मात्र नभएर भण्डारणका लागि अनुमति लिएर त्यहाँ क्रसर सञ्चालन गर्ने आन्तरिक योजना रहेको थाहा पाएका छन् । यहाँ आसपासमा अन्य कुनै नदि नभएको र कमलामै भण्डारण राख्न खोजिनुले पनि कमलाबाटै उत्खनन गर्ने योजना निर्माण कम्पनीको रहेको प्रष्ट देखिन्छ ।

यस्तो थाहा पाएपछि स्थानीय यसको विरोधमा उत्रेका छन् । खोला उत्खनन भएपछि पानी तल जाने भएकाले यहाँको जमिन खण्डहर हुने र गाउँमा समेत खानेपानीको समस्या हुने भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । भण्डारणका लागि अनुमति दिए निर्माण कम्पनीले क्रसर सञ्चालन गर्ने भन्दै कुनै पनि हालतमा यसमा सहमत नहुने अडान स्थानीयको छ । तर, निर्माण कम्पनीले विभिन्न मान्छेहरुलाई आफूले सबै प्रक्रिया पुर्याइ सकेको र जसरी पनि त्यहाँ आफ्नो काम थाल्ने बताइरहेको स्थानीय बताउँछन् ।

स्थानीयले विरोध गरेपछि निर्माण कम्पनीले स्थानीयलाई जग्गा प्रयोग गरे बापत प्रत्येक वर्ष एक लाख गरी तीन वर्षको तीन लाख दिने प्रस्ताव पनि गरेका छन् । आफूहरुको विमति भएपनि निर्माण कम्पनी वनका अध्यक्ष फुँयालसहित केहि व्यक्तिहरुको मिलेमतोमा नदिजन्य भण्डारणका नाममा क्रसर सञ्चालन गर्ने प्रयास भइरहेको स्थानीय आरोप छ । तर, वनका अध्यक्ष फुँयाल भने भण्डारणको विषय बाहेक आफूलाई केहि पनि थाहा नभएको दावी गर्छन् ।

यसमा नगरपालिकाका मेयर गंगा पासवान र उपमेयर ज्ञान कुमारी श्रेष्ठको साथ रहेको दावी स्थानीयको छ । वडाध्यक्ष मोहनलाल खत्री भने यहाँ स्थानीयकै अनुसार आफ्नो धारणा रहने बताउँछन् । यहाँ गत ७–८ वर्षअघि पनि क्रसर सञ्चालन गरिएको थियो । तर, आसपासमा पानीको हाहाकार मचेपछि स्थानीयले क्रसर बन्द गराएका थिए ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब