महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पुजारी पक्राउ

  • पुस ७, २०७८ | ७५५ पटक पढिएको | सीमा संदेश
alt

सुर्खेत, पुस ७ गते । महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतबाट प्रहरीले धामी र पुजारीलाई पक्राउ गरेको छ।

महिलामाथि दुर्व्यवहार भइरहेको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वीरेन्द्रनगर ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली छन्।

उनीहरुले लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुव्र्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए।

‘पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेका छौँ, पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन,’ उनले भने।

ती महिला यही पुस ४ गते आफ्नो कुलदेवताको पूजाका लागि माइती आएकी थिइन् । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब