श्रीमतिकोे चिर्पट प्रहारबाट श्रीमानको मृत्यु

  • पुस ८, २०७८ | ७३३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ८ पुस । सिरहामा श्रीमतीले हानेको चिर्पटले लागेर श्रीमानको मृत्यु भएको छ । मदिराले मातेर भएको झगडाका क्रममा जिल्लाको धनगढीमाई नपा १४ की ३६ वर्षिय श्रीमती हर्कमाया विश्वकर्माले प्रहार गर्दा उनकै श्रीमान ४० वर्षिय टेकबहादुरको मृत्यु भएको हो ।

मंगलबजार अपरान्ह श्रीमान श्रीमती दुवैजना मदिराले मातेर घरझडाको क्रममा दाउराको चिर्पटले हान्दा घाइते भएका टेकवहादुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवाश बुढाथोकीले जानकारी दिए ।

प्रहरीले घरमै पुगेर श्रीमतीलाई नियन्त्रणमा लिएको र शव पोष्टमार्टमको लागि राम कुमार सारडा, उमा प्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । एक छोरा, एक छोरी र श्रीमतीसहित चारजनाको परिवार गाउँमा मजदुरी गरेर बस्दै आएको थियो ।

उनीहरु प्राय मदिरा सेवन गरेर झगडाहुने गरेको बताइएको छ । अहिले शव पोष्टमार्टको लागि लहान अस्पतालमा राखिएको छ । श्रीमती प्रहरी नियन्त्रणमा रहेको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब