देशभर चिसो अझै बढ्ने‚ सतर्कता अपनाउन मौसमविद्को अनुरोध

  • पुस १०, २०७८ | ५१५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । अहिले देशभर चिसो बढेको छ । साँझ विहान चिसो छल्नै गाहे हुन्छ । मधेसका मानिसहरु घुरा तापेर चिसो काट्छन् ।मौसमविद् शान्ति कँडेलले अझै चिसो बढ्ने सम्भावना रहेको बताएकी छन् ।

गत एकसातामा न्यूनतम तापक्रम घटेपनि घाम लागेकाले तुलनात्मक रुपमा कम चिसो महशुस हुँदा दुई दिनयता देशभर बढी चिसो महशुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरणमा एकसाताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्री र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो ।

आज काठमाडौँको न्यूनतम चार दशमलव चार र अधिकतम १८ डिग्री सेल्सियस रहेको छ । मौसमविद्का अनुसार अबका दिनमा मौसम फेरबदल भइरहने छ । त्यसैले हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । तथापी पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद् कँडेलको भनाइ छ । उनका अनुसार उच्च पहाडी भेगमा हल्का हिमपात र एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा सतर्कता अपनाउन मौसमविद् कँडेलले अपिल गरेका छन् ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब