सिरहामा जनमतको आमहडताल : महेन्द्र राजमार्ग क्षेत्रमा पूर्ण प्रभाव, प्रहरी स्कटिङमा हैरान

  • पुस १२, २०७८ | ६०५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । डा. सीके राउत नेतृत्वको जनमत पार्टी आन्दोलन समिति सिरहाले गरेको आमहडतालका कारण सोमवार सिरहाको जनजिवन प्रभावित भएको थियो। आमहडतालको पूर्ण प्रभाव पूर्व(पश्चिम राजमार्गमा बढी देखिएको थियो। तोडफोड र आगजनीको डरले पूर्व(पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ गरेर सवारी साधनलाई गन्तव्यमा पुर्याउन बाध्य भएका थिए ।

राजमार्ग सुचारु राख्न चोक चोकमा प्रहरी परिचालित थियो। दिउसो करिब तीन बजे लहान क्षेत्रमा जनमतका कार्यकर्ताले टायर बालेपछि कसहामा सयौं गाडी अलपत्र परेका थिए । बन्दीपुरदेख लहानसम्म प्रहरीले स्कटिङ  गरी गाडीलाई गन्तव्य सम्म पुगाउने कार्य दिन भरी चलिरहियो।

औरही गाँउपालिकाले गहुंको बीउ लुकटेको भन्दै चार जना किसानमाथि मुद्दा दर्ता गराएको र एक जनालाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी आन्दोलित बनेको छ । आइतबार सिरहा आमहड्ताल गरेका उक्त पार्टीले सोमवार पनि आमहडताललाई निरन्तरता दिएको थियो । 

आइतबार आमहड्तालको अवज्ञा गरेको भन्दै जनमतका कार्यकर्ताले चोहर्वामा ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी तथा मिर्चैया र गोलबजारमा दर्जनौं गाडी तोडफोड गरेका थिए । आन्दोलनमा प्रहरीले दमन गरेको र आफ्ना १४ कार्यकर्तालाई पक्राउ गरेको जनमत पार्टीले जनाएको छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब