जनमत पार्टीको बन्दका क्रममा ३ वटा गाडीमा तोडफोड, सात जना पक्राउ

  • पुस १४, २०७८ | ८७५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सीके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको बन्दका क्रममा रौटहटमा तीन वटा सवारी साधनमा तोडफोड भएको छ । बन्द उल्लंघन गरेको भन्दै सो पार्टीका कार्यकर्ताले सवारी साधनमा तोडफोड गरेका हुन् । राज्यले किसानको जायज मागलाई बेवास्ता गरेको भन्दै सिरहाबाट सुरु भएको किसान आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जनमत पार्टीले विभिन्न जिल्लामा बन्द आह्वान गरेको हो ।

मंगलबार साँझ रौतहटको गौर, गरुडा लगायतका स्थानमा जनमत पार्टीका  कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका छन् । बन्दका कारण बिहानैदेखि गौर–चन्द्रनिगाहपुर सडकखण्डमा सार्वजनिक सवारी साधन चलेका छैनन् । केही निजी सवारी साधन सञ्चालन भए पनि सार्वजनिक सवारी साधन सञ्चालन नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 
बन्दका क्रममा अराजक गतिविधि गर्दैै हिँडेको आरोपमा रौतहटबाट प्रहरीले जनमत पार्टीका ७ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । उनीहरु सवारी साधन तोडफोडमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब