नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी

  • माघ १४, २०७८ | ४११ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, माघ १४ गते । कर्मचारी भर्नामा अनियमितता गरेको भन्दै नेपाल रेल्वे कम्पनीको कार्यालयमा पुराना कर्मचारीहरुले तालाबन्दी गरेका छन् । रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रवार जनकपुरधाम स्थित रेल्वे स्टेशनमा रहेको कार्यालयमा तालाबन्दी गरेका छन् ।

आन्दोलनमा रहेका पुराना कर्मचारीले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । संघर्ष समितिमा आवद्ध दिलिप साहले विगत १५ दिनदेखि धर्ना, प्रदर्शन गर्दै आए पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए ।

जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउन जाँदा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरिरहेको साहको गुनासो छ ।

झाले रेल संचालनका लागि ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेर तालिम दिन थालेपछि तालिम लिएका कर्मचारीहरु चरणवद्ध रुपमा आन्दोलनमा उत्रेका हुन् ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब