मधेस सहित देशभरि मेघ गर्जन तथा चट्याङसहित वर्षा, केहि ठाउँमा हिमपात !

  • माघ २१, २०७८ | ४७२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा पानी परिरहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको छ ।

गएरातिदेखि नै पानी परिरहेको छ । आज दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन/चटयाङ् र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी तथा लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।

आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका धेरै स्थानमा मेघ गर्जन/चटयाङ र असिनासहित वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब