दाङको तुलसीपुरमा भीषण आगलागी, पाँचको मृत्यु

  • माघ २८, २०७८ | ४११ पटक पढिएको | सीमा संदेश
alt

दाङ । दाङको तुलसीपुर बजारमा रहेको जुत्ताचप्पल गोदाममा भीषण आगलागी भएको छ । जसमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका– ५ ‘‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यरातिभएको आलगागीमा परि ५ जनाको मृत्यु भएको हो ।

लामो प्रयासपछि आगो नियन्त्रणमा लिएपछि मानवीय क्षतिबारे जानकारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरीले चार पुरूष र एक बालिकाको शव निकालेको छ । शवलाई अस्पताल पठाइएको छ। मृतकहरुको पहिचान भइसकेको छैन ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।

बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब