मधेस प्रादेशिक अस्पतालका मेसु डा.यादव पदमुक्त

  • चैत १५, २०७८ | ७९५ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवलाई पदमुक्त गरेको छ । प्रदेश सरकारले सोमबार डा.यादवलाई पदमुक्त गरेको हो । प्रादेशिक अस्पतालको सम्पूर्ण सम्पति मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत भएपछि डा.यादवलाई पदमुक्त गरिएको बताइएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७७ को दफा २५ अनुसार गत चैत ६ गते प्रादेशिक अस्पतालको चलअचल सम्पत्ति लगायत सम्पूर्ण दायित्व प्रतिष्ठानलाई हस्तान्तरण गरिसकेको छ ।

प्रादेशिक अस्पताल प्रदेश सरकार मातहतमा रहेको थियो । अस्पतालमा संघ र प्रदेश सरकारका कर्मचारी कार्यरत्त रहेका छन् भने संघीय सरकारले आफू अन्तर्गतका १ सय १० स्थायी तथा अन्य प्रकृतिका कर्मचारीको तलबभत्ता तथा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमका लागि वार्षिक ४३ करोड रुपैयाँ अनुदान दिँदै आएको छ । पदमुक्त भएका यादव संघीय सरकारका कर्मचारी हुन् ।

मन्त्रालयले डा. यादवलाई लेखेको पत्रमा अस्पतालका चलअचल सम्पत्तिलगायत सम्पूर्ण दायित्व प्रतिष्ठानलाई बुझाउन भनेको छ । प्रादेशिक अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण भएपछि डा. यादवको हस्ताक्षरसहितका बैंक खाता प्रतिष्ठानका रजिस्ट्रार डा.विनोद यादव र प्रतिष्ठानका लेखा अधिकृतको नाममा खोलिएको छ ।

‘प्रतिष्ठान ऐनमा मेडिकल सुपरिटेन्डेन्ट पद नभएकाले डा.प्रमोदलाई तत्कालीन निमित्त मेडिकल सुपरिटेन्डेन्ट भनी सम्बोधन गरिएको छ,’ प्रतिष्ठानका एक अधिकारीले भने, ‘प्रतिष्ठानमा अस्पतालका लागि अस्पताल निर्देशक पद छ । तर, सो पदमा अहिलेसम्म नियुक्ति भइसकेको छैन ।’

अस्पताल निर्देशकको नियुक्ति उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्ने कानुनी व्यवस्था रहेको छ । सहकुलपति प्रदेशका सामाजिक विकास मन्त्री रहने प्रावधान रहेको छ ।

निमित्त मेसु डा.यादवले अस्पतालको व्यवस्थाअनुसार आफूले २१ दिनभित्र बरबुझारथ गर्नसक्ने म्याद रहेकोले त्यसअनुसार गर्ने बताए ।

कमलामा देवी मेलामा धामीझाँक्री र श्रद्धालुको घुइँच

मिथिलाको पौराणिक, धार्मिक तथा सांस्कृतिक परम्परासँग जोड ...

विश्वभर हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या,

विश्वभर गत वर्ष प्रत्येक घण्टा औसत पाँच महिला तथा बालिक ...

मंसिर ९ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ९ गते । बुधबार । ...

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब