अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुने भारतीय नागरिक, दुई महिलासहित ६ जना घाइते

  • वैशाख ८, २०७९ | ४०५ पटक पढिएको | सीमा संदेश
alt

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा मृत्यु भएका एकजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतका ४५ वर्षीय बृजमोहन महतो रहेको ललितपुर प्रहरीले बताएको छ ।  अक्सिजन ग्याँस भर्ने क्रममा ट्यांक बिस्फोट हुँदा भारत बिहारका ४५ वर्षीय महतोको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी भारतकै अर्का एकजना मजदुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये धेरै भारतीय नागरिक रहेको बुझिएको छ । घटनामा दुई महिलासमेत घाइते भएका छन् ।  घाइतेमध्ये गम्भीर घाइते भएका एकजनाको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ । 

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेका छन् । दुर्घटनास्थलमा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायतका टोली पुगेका छन् । घटनाको कारणबारे अहिले अनुसन्धान भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी उपाध्यायले रातोपाटीलाई बताए ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब