सिरहा सदरमुकामको मुख्य सडकमा रहेको खण्डर ज्यान लिन तमशिए

  • वैशाख २०, २०७९ | १,१४० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १९ बैशाख । सिरहा सदरमुकामको मुख्य सडकको सा–सान खण्डरहरु ज्यान लिन तमशिएको छ । बजार क्षेत्रका सडकमा रहेको खालडाखुलडी पानी परेपछि सवारी दुर्घटना देखि पैदलयात्रीहरुका ज्यानलाई शिकार गरिरहेका छन् । असन्न बैशाख ३० गते स्थानीय तहको निर्वाचन नजिकदै जाँदा विभिन्न पार्टिहरुका नेताहरु झण्डा बोकी सडकको खालडाखुलडीमा लडदै विकासका नारा घंनकाउदै छन् । तर खलडाखुलडिमा लडेको विषयमा कुनै नारा नै लगाउन सकेको छ न त आफ्ना उमेदवारलाई दुःख नै सुनाएको छ ।

ठुला–ठुला विकासका नारा लगाउँने विभिन्न पार्टिका नेता कार्यकर्ता जनताका ज्यान जोखिमका विषय देखन नसके पछि भोली सरकारका नेतृत्व गरेपछि जनता हितमा कसरी हुन्छ भने कुरा ठुलो प्रश्न छ । यो विषय पटक–पटक विभिन्न संचार माध्यमले उठाएपनि सदरमुकाममा रहँर्दै आएको प्रशासनिक प्रमुखहरुदेखि अन्य कुनै पनि सरोकारवाललाई मर्मत गर्न र सुरक्षित सडक बनाउन भुमिका देखिएको छैन् ।

सिरहाको महावीर चौकदेखि सहिद राजेश ठाकुर पार्क सम्मको सडकमा सा–साना खलडाखुलडी सयौँ भन्दा बढी रहेको छ । दुई किलोमिटर यो सडककको अवस्थालाई राम्रो बनाउन सडक डिभिजन कार्यालय लहानले मौनता साँधेको छ । सडक अवस्था दयनीय रहेको र दैनिक सदरमुकाम सरकारी सेवा तथा विभिन्न कार्यका लागि आउने सेवाग्राही दुर्घटनामा परिरहेको जानकारी सहितको व्यहोरा डिभिजन कार्यालयलाई भने पनि कुनै ध्यान नदिइएको सिरहा नगरपालिका प्रशासकीय प्रमुख बलिराम यादबले बताउनु भयो।

तात्कालै सम्पूर्ण सडक मर्मत गर्न नगरपालिका सक्दैन् ।  नगरपालिकाले ढलनालासँग जोडिएको केही ठुला खलडाखुलडी मर्मत सम्भारका लागि ढकन निर्माण गरेको छ । वर्षाका पानी सुकेपछि खालडाखुलडीमा ढकन लगाउन कार्य सुरु गर्ने प्रमुख प्रशाकीय अधिकृत यादबले जानकारी दिनु भयो । 

सडक मर्मतका लागि सिरहा नगरपालिकाको जसपा उमेदवार असेश्वर प्रसाद यादबको निर्देशनमा सडक डिभिजन कार्यालय लहान प्रमुखलाई फोन गरी मर्मत कार्य किन ढिलाई भईरहेको बारे जानकारी जसपा नेता मिथिलेश यादबले लिइएको छ । सडक मर्मतका लागि कर्मचारी सदरमुकाम पठाईसकेको डिभिजन प्रमुखले जानकारी दिएको यादबले बताउनु भयो । यदि मर्मत कार्य दुई दिन भित्र सुरु नभए जसपा नेपाल अको कदम चालिने यादबले बताउनु भयो।

स्थानीय निर्वाचनमा उमेदवार बनेकाहरुका चासोमा सडक दुर्घटना नपर्नु दुर्भाग्य रहेको छ । सडक मर्मत सम्बन्धी सरोकारवालाले अभिलम्ब गर्नु पर्ने आवश्यकता रहेकोले यस विषयलाई आम नागरिकले पनि खुलेर आवाज उठाउन जरुरी रहेका छन् । 

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब