वडा सदस्यका उम्मेदवारसहित २ जनामाथि आक्रमण

  • वैशाख २२, २०७९ | ५०५ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । धनुषामा एक जना वडा सदस्यका उम्मेदवारसहित दुई जनामाथि आक्रमण भएको छ ।

कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादव र नेकपा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि एकै समयमा आक्रमण भएको हो ।

घरमा सुतिरहेको बेला बुधबार राति एक समूहले चन्द्रनारायणमाथि धारिलो हतियारले आक्रमण गरेको उनका आफन्तले बताएका छन् । आक्रमणबाट घाइते भएका उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार जारी छ ।

‘घर बाहिर सुतिरहेको थिएँ । उनीहरुले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएको छोरोलाई खोज्दै आएका थिए,’ चन्द्रनारायण भन्छन्, ‘यसो उनीहरुतर्फ हेरे लगत्तै आफूमाथि आक्रमण गरे ।’ गाउँकै राजकुमार यादव, बिन्देश्वर यादव, श्रीकिसुन यादव, शम्भु मण्डलसहितको समूहले रड, लाठी र खुकुरीले आक्रमण गरेको उनको भनाइ छ ।

यस्तै, सोही वडामा नेकपा एमालेबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि पनि आक्रमण भएको छ । आफ्नो घरमा सुतिरहेको अवस्थामा आएका व्यक्तिले आफूमाथि आक्रमण गरेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आएका मण्डलले बताए । ‘टाउको, खुट्टासहितका ठाउँमा रडले प्रहार गरेका छन्,’ उनले भने ।

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । ‘घटनाबारे जानकारी आएको छ । पीडितले लिखित जाहेरी दिएका छैनन्,’ उनले भने, ‘उहाँहरुले भनेको हुलिया अनुसारको व्यक्तिहरुको खोजतलास जारी राखेका छौं ।’

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब