2023 डीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट

  • वैशाख २५, २०७९ | ४६५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडाैं । अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ ।

सन् २०२३ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक भएको हो । डीभी परेकालाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भइसक्नु पर्ने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

डीभी परे नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ ।

कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बरमार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ ।

साथै दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।

सन् २०२३ मा डीभी कार्यक्रमका लागि सन् २०२१ को अक्टोबर ६ मा आवेदन खुलेको थियो ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब