३५ हजार २ सय २१ जनप्रतिनिधि छान्न भोलि मतदान हुँदै

  • वैशाख २९, २०७९ | ६८९ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै ।  निर्वाचन आयोगले भोलि शुक्रवार हुने पालिका चुनावको सबै तयारी पूरा भएको जनाएको छ । आयोगमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानको तयारी पूरा भएको जानकारी दिनुभयो । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेअनुसारका तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । 

आयुक्त थपलियाले कसैको लोभ र प्रलोभनमा नपरि आफूलाई मन परेको उम्मेदवारलाई ढुक्क भएर बदर नहुने गरी मत दिन आग्रह गर्नुभयो । भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । मतदान सकिएपछि सुरक्षित तरिकाले गणना स्थलमा लगिने र जतिसक्यो छिटो गणना सुरु गर्ने थपलियाको भनाइ छ । 

मतदानका लागि मतदाता नामावलीमा नाम भएको हुनुपर्छ । मतदाता परिचयपत्र हराएका र कतै छुटेका व्यक्तिले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गाधनी पुर्जाको आधारमा मत दिन पाउने आयोगले जनाएको छ ।

३५ हजार दुई सय २१ जना जनप्रतिनिधि छान्नका लागि हुने चुनावमा ५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार तीन सय १३ जना पुरुष गरी एक लाख ४५ हजार ११ जना प्रतिस्पर्धामा रहेका छन् । विभिन्न राजनीतिक दलका तीन सय ५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । चुनावमा १० हजार सात सय ५६ मतदान केन्द्रका २१ हजार नाै सय ५५ मतदान स्थल रहेका छन् । मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको निर्वाचन आयोगले जनाएको छ । 

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरूसहित एक लाख नाै हजार ८८ जना कर्मचारी र ६५ हजार आठ सय ६५ जना स्वयंसेवक आ–आफ्नाे मतदान केन्द्र पुगिसकेका छन् । पालिका चुनावमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

यस पटकको चुनावमा एक लाख जना म्यादी प्रहरीसहित दुई लाख ६० हजार सुरक्षा जनशक्तिले सुरक्षा दिँदैछन् । यसमध्ये ६५ हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी र ७१ हजार जना सेना खटिएका छन् । मतदान स्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका गृह मन्त्रालयले जनाएको छ । 

नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल जुनसुकै मतदानस्थलमा बढीमा ३० मिनेटभित्रमा पुग्ने गरी सेनाले सुरक्षा रणनीति बनाएको जानकारी दिनुभएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी यसपालि आपराधिक समूहको सक्रियता शून्य रहेकाले निर्वाचन सुरक्षा चुनौती कम रहेको तर दल र प्रतिनिधिबीच हुन सक्ने सम्भावित घटनाप्रति प्रहरी सचेत रहेको बताउनुभयो । देशभरका धेरैजसो मतदान केन्द्र र मतगणना स्थलमा यस पटक सीसीटिभी क्यामेरा जडान भएकाले पनि उच्छृङ्खल गतिविधि कम हुने प्रहरीको अनुमान छ । 

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब