देशभर ६४ प्रतिशत मत खसेकाे प्रारम्भिक अनुमान, ४४ केन्द्रमा मतदान स्थगित

  • वैशाख ३०, २०७९ | ६७१ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै ।  निर्वाचन आयोगले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । 

आयोगले आज बेलुका पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको र यो सङ्ख्या बढ्न सक्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताउनुभयो ।  

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको बताउनुभयो । उहाँले सबैभन्दा धेरै मतदाता रहेको काठमाण्डाैमा समेत ५२ प्रतिशत मात्रै मत खसेको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘आज चुनावकाे दौरान विभिन्न जिल्लामा छिटपुट घटना र केही ठाउँमा अप्रिय घटना भए । यसको कारण अहिलेसम्म १४ जिल्लाका १७ पालिकाका २८ वटा मतदान स्थलका ४४ वटा केन्द्रमा मतदान स्थगित भएकाे छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोग सुरक्षा व्यवस्था र राजनीतिक दलहरूको व्यवस्थाको बारेमा चिन्तित र सशङ्कित भएको बताउनुभयो ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब