मतपेटिका लुट्ने प्रयासपछि गोली चल्यो, एक जनाको मृत्यु

  • वैशाख ३०, २०७९ | १,२९२ पटक पढिएको | सीमा संदेश
alt

उदयपुर । उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेमा प्रहरीले चलाएको गो ली लागेर एक युवाको मृत्यु भएको छ ।

प्रहरीले चलाएको गो लीबाट अन्य एक जना र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक जना प्रहरी घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय १९ बर्षिय नविन कटुवाल रहेका छन् । उनको छातिमा गो ली लागेको छ ।

प्रहरीले चलाएको गो ली लागेर घरमा बसिरहेका स्थानीय १३ बर्षीय मन श्रेष्ठ घाईते भएका छन् । उनको खुट्टामा गो ली लागेको छ । वाहिरबाट ढुंगामुढा प्रहार गर्दा प्रहरी जवान विष्णु तामाङ्ग घाईते भएका छन् ।

उनको टाउकोमा चोट लागेको छ । घाईतेलाई उपचारका लागि कटारी ल्याईदैछ । प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले गो ली चलेको बताएपनि घटनास्थल भौगोलिक विकट क्षेत्रमा रहेकाले मृत्यु पुष्टि भईनसकेको बताए ।

मृतक कटुवाल नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकोतर्फबाट स्वतन्त्र उमेदवार बनेका गौरबहादुर कटुवालका भतिज हुन् ।

विप्लवका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले भने आफ्नो पार्टीका कार्यकर्ताको प्रहरीको गो ली लागि मृत्यू भएको बताएका छन् ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब