भगवानपुरमा अध्यक्ष, उपाध्यक्ष र चार वडाध्यक्षमा नेकपा एमाले विजयी

  • जेठ २, २०७९ | ६२१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनता समाजवादी पार्टीको गढ मानिने सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र चार वडाध्यक्ष नेकपा एमालेले जितेको छ ।

भगवानपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उग्रनारायण विजयी भएका छन् । उनले ४ हजार ३०२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याए । यादव २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए ।

गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन् । उनले ३ हजार ९६० मत पाएकी हुन् । उनका निकटम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादव ३ हजार २१० मतमै सीमित भइन् ।

पाँच वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट १ नम्बर वडाध्यक्षमा मिरादेवी यादव, २ नम्बर वडाध्यक्षमा सूर्यनारायण यादव, ३ नम्बरर वडाध्यक्षमा विनोद यादव र ५ नम्बर वडाध्यक्षमा अमरलाल यादव विजयी भएका छन् । वडा नम्बर ४ को वडाध्यक्षमा जसपाका रामकुमार यादव विजयी भए ।

जसपा नेता एवं पूर्व विनाविभागीय मन्त्री राजलाल यादवको गृह गाउँ हो भगवानपुर । यहां नेता यादवको राम्रो पक्कड थियो ।अहिले एमालेले उनको पक्कड तोडेको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब